काठमाडौं, चैत १९- विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।
यही अवस्था रहिरहे मन्दी आउन सक्ने चेतावनी दिँदै महासचिव गुटेरेसले पछिल्लो समय झन् अन्योल बढेको बताए । महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा उनले भनेस् ‘यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको छ।’ राष्ट्रसंघ प्रमुखले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए।
गुटेरसले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे ‘डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्ने’ बताए।
राष्ट्रसंघको अनुमान अनुसार यस महामारीले विश्वभर झण्डै दुई करोड पचास लाख मानिसहरूले रोजगारी गुमाउनेछन्। विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ।
FACEBOOK COMMENTS