काठमाडौं, माघ २१ – चीनमा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय २५ पुगेको छ ।
चिनमा मात्र कोरोना भाइरस सङ्क्रमितको संख्या २० हजार चार सयभन्दा बढी रहेका छन् । अनुसार भाइरस सङ्क्रमित ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको चीनीयाँ अधिकारीहरुले बताएका छन् ।
चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ।
वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।
त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ ।
चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।
FACEBOOK COMMENTS