डिएन घिसिङ /कोभिड १९ कोरोनाभाइरसले विश्व आक्रान्त छ।सबैको मानसलाई संशयले घेरेको छ । मन उद्धिग्न छ । मनमा अनेक ताना छन । अनिश्चिताको भुमरीमा सारा मानिस फसेको छ । कोरोनाभाइरस फैलिन्छ र सर्छ भन्ने भयले हरकोही मानिस वेचैन छ । यथास्थिती कायम रहिरहे सबैको मनमा डरको भय यथावत रहन्छ नै । र यस्तो अवस्था रहि रहयो भने यहाँ मानव समुदायले आफूलाई सुरक्षित महशुस गर्न पक्कै सक्दैन् । जबसम्म कोरोनालाई निर्मुल पार्ने औषधि वा भ्याक्सिन आबिस्कार हुदैन तबसम्म मानिसले आफूलाई भयमुक्त राख्न सक्दैन । यस अवस्थामा मानसिक समस्या झेल्नु पर्ने स्थिती त रहन्छ नै ।
अनिश्चतताका कारण आममानिसलाई जस्तै खेल क्षेत्रमा जीवन उत्सर्ग गरेका खेलाडीलाई पनि अनुत्तरित प्रश्नहरूको डर रहन्छ । जसका कारण उनीहरुले आफूलाई असुरक्षित महशुस गर्न पुग्छन् । “के यो मेरो पेशा छिट्टै तंग्रेला, खेल समुदायमा यसको असर के होला, कहिलेसम्म रहला ” वा “म स्वास्थ्य वा पेशागत रुपमा जोखिममा छु?” भन्ने जस्ता प्रतिप्रश्न सधै मानसपटलमा घुमिरहने गर्दछ ।
विकसित भनिएका देशहरुमा समेत उपचार प्रकृयामा समस्या देखिनुले स्थिती अझ विकराल पो रहन्छ कि भन्ने त्रास फैलिएको छ । अमेरिका स्थित नर्थवैस्ट विश्वविद्यालयको एक सोधमा उल्लेख भए अनुसार स्वास्थ्य सेवामा डर र चिन्तालाई नियन्त्रणमा लिन सकेमा मात्रै पनि एकहदसम्म आधारभुत सफलताको आभाष मिल्नेछ ।
एक खेलाडीका लागि शारीरिक र मानसिक दुवै रुपले स्फुर्त रहन जरुरी हुन्छ । कोरनाको प्रभावले खेलकुदमा सशक्त तयारी र प्रदर्शन निष्क्रिय प्राय: छ।लकडाउन अर्थात बन्दाबन्दीको कारणले पारस्परिक खेलतालिका र प्रशिक्षणलाई एकातिर खुम्च्याएको छ भने अर्कोतिर संक्रमणको भयले खेलाडीमा नैरास्यता र वेचैनी बढदो छ । र यस प्रकारको चिन्ताको ब्यवस्थापन वा संबोधन हुन उत्तिकै आवश्यक रहन्छ । यदि यसो गरियो भने खेल गतिबिधीलाई पुन:सक्रिय पार्न सहज हुनेछ ।
१)चिन्ता ब्यबस्थापन गर्नुहोस
डर एक स्वभाविक प्रतिकृया हो। यो मानविय गुण पनि हो । हाल विद्यमान महामारीमा समेत डरको प्रकोप ज्यादै छ । तर सत्य यो हो कि,आत्मविश्वासले सबै कुरा तय गर्ने गर्दछ। त्यसैले जब खेलाडीले शारीरिक गतिविधि पुरा गर्छन्, तब शारिरिक एवम् मानसिक रुपमा हल्का महशुस गर्न थाल्छन र डर तुरुन्त हराउँदछ।
खुला मनले चुनौतीलाई स्वागत गर्नुहोस्।हरेक शारीरिक क्रियाकलाप आफैमा उर्जाशिल हुने गर्दछ । त्यसले शरीरमा उत्पन्न हुने डर पछाडि धकेल्न मद्दत गर्दछ।स्वयमले आफ्नो फरक हाउभाउ र रवाफलाई महत्त्व दिने कार्यलाई बढवा दिनुहोस्। एक विजेताका भावनाहरू बिस्तारै प्रकट गर्दै लैजाउनुहोस्। यस्ता भावनाहरूले ध्यान केन्द्रिकृत गर्न मद्धत गर्दछ।
२)सङीतको आन्नद लिनुहोस
एकाग्रता कायम हुने भएकाले संगीतले जीवनमैत्री मुड बनाउन सहयोग गर्दछ र उत्साहित तुल्याउछ । उसैगरि शान्ती र आराम दिन्छ। खेलकुदमा संगीत पनि उतिकै महत्त्व रहेको हुन्छ । जबकि खेलाडी जीवनमा सोचनिय गर्ने सम्भावित सबै भावनाहरू महसुस गर्ने अनुभुत संगितले दिलाउछ।सङीतलाई दुईभाग बाट हेर्न बुझ्न सकिन्छ।
(क) भावनात्मक गीत- भावनात्मक गीतले खेलाडीहरुलाई बढि जिम्मेवार बनाउँछ । समाजमा रहेका विगत र वर्तमानसँग जोडिएका भावहरु अर्थात् सदावहार गीतले खेलाडीलाई प्रभावित बनाएको हुन्छ, जस्तैः राष्ट्रिय गीत, खेलसँग सम्बन्धित गीत, समाजको प्रतिबिम्बित गीत ।
(ख) मनोरञ्जनात्मक गीत- मनोरञ्जनात्मक गीतले खेलाडीलाई शरीरिक रुपमा उर्जा प्रदान गर्छ । यसमा मुडअनुसार खेलाडीले गीत सुन्ने र शरीरलाई चलायमान बनाउने गर्छन् । प्रशिक्षण तथा प्रतियोगिता स्थलहरुमा समुहगत चलन चल्तीका गीतहरु प्रयोग गरिन्छ, जस्तैः आधुनिकता गीत, लोकप्रिय गीत ।
३)राम्रो निद्रालाई प्राथमिकता दिनुहोस्।
बिषम परिस्थितिमा निद्रा ब्यबस्थापन एक महत्वपूर्ण कार्यमा पर्दछ।पर्याप्त निद्रा पाउँदा मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य साथै मनको स्फुर्ती बढने गर्दछ । शारीरिक क्रियाकलाप वा खेलकुदमा सकृय हुनेहरुका लागि आराम र निन्द्रा ब्यवस्थापन अति नै जरुरी रहन्छ।
अपर्याप्त निन्द्राको केही परिणामहरूमा शाब्दिक प्रदर्शनमा कमी, मुड गडबड, जोखिम लिने ब्यवहारमा वृद्धि, सुस्तताका साथै खेल प्रदर्शनका क्रममा समेत निर्णय क्षमता कमजोर रहनु हो। निद्राले खेलाडीहरूका लागि वास्तविक लाभ प्राप्ति हुन्छ ।पर्याप्त निद्रा प्राप्त गर्न खेलाडीहरुले अनुशासनको पालना गर्न जरुरी रहन्छ। जस्तै प्रशिक्षण खेलबाट टाढा यात्रा, विहान सबेरै अभ्यास, बेलुकाको खेलहरू, र तनावलाई ब्यवस्थापन गर्नको लागि अधिकतम विश्राम अर्थात निद्राको उचित ब्यवस्थापन गर्न जरुरी छ।
४)ब्यायामलाई निरन्तरता राख्नुहोस।
खेलाडीहरुका लागी लकडाउनको अबस्थामा पर्याप्त ब्यायाम गर्ने अवस्था नरहन सक्छ।त्यसकारण उचित समय र स्थानलाई छनौट गरेर पुनःतार्जकी राख्नु उत्तम हुनेछ । निश्चित समयको व्यायामले कोरोना महामारी रोगसंग लड्न सक्ने प्रतिरक्षा प्रणालीको बढोत्तरी समेत गर्छ।जस्तै:योग,शारीरिक ब्यायामहरुको गतिविधि जारि राख्नु र ब्यायामको सहायताले आफ्नो प्रतिरक्षा प्रणालीलाई बढाउन समेत सघाउ पुग्छ।
५)अनुशासित पोषण।
खेलाडीले गर्ने आहार विआरमा सही मात्रामा पोषण तत्व हुन आवश्यक हुन्छ । शारिरिक उर्जा प्राप्त गर्न भिटामिन, खनिज, प्रोटीनका साथै पर्याप्त मात्रामा तरल पदार्थ अति आबश्यकता रहने गर्दछ । कुनै पनि ठोस पदार्थको भोजनबाट मात्रै शरिरका लागि चाहिने आवश्यक पोषक तत्वहरू पूरा गर्न सकिदैन। विभिन्न खाद्य पदार्थहरूले शरीरको मांसपेशीमा आवश्यक उर्जा र शक्ति संचित गर्न सघाउ पुग्छ । खेल विज्ञहरुले खेलाडीहरुको ब्यायम तथा तालिममा तुलनात्मक रुपमा उर्जा शक्तिको अपरिहार्यता रहने हूदाँ पोषणको मह्त्व माथि जोड दिदै आएका छन् । दैनिक प्रशिक्षण र बिशेष प्रदर्शनको तयारीको क्रममा खानपिनमा अनुशासन र योजनाको आवश्यकता रहने गर्दछ।
६) सामाजिक दुरी र सरसफाई।
तत्काल कोरोनाबाट बच्ने एक तरीका छ त्यो तरिका हो सामाजिक दुरी । अब यि सावधानी अपनाउनु पर्नेछ जब सम्म औषधि वा भ्याक्सिन तयार हुदैन। जस्तो कि पटक-पटक साबुनपानीले हात धोईरहदा सहजै रूपमा मुख,नाक वा आखाबाट सक्रमण हुने खतरालाई टार्न सकिन्छ । यसका अलवा आफ्नो वरिपरि सरसफाइमा पुर्णतः ध्यान दिनु नै संभावित सक्रमणलाई निम्तन नदिनु हो।
FACEBOOK COMMENTS