काठमाडौं, जेठ ३ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २१४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर २१ हजार ६५३ जनाको आरटी–पीसीआर र ४३४ जनाको एन्टिजेन परीक्षणबाट ९,२४७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा ३,०९८ जनासहित बागमती प्रदेशमा थपिए ३,६२२ नयाँ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । यो कुल संक्रमितको ७४.४ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ लाख १३ हजार ४८० जना आइसोलेसन र ७०८ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS