काठमाडौं, जेठ २ – कोरोना संक्रमणबाट नेपालका चर्चित पेटसम्बन्धी रोग (ग्यास्ट्रो) विज्ञ डाक्टर आइएल आचार्यको कोरोना संक्रमणबाट निधन भएको छ। ८६ वर्षीय उनको आइतबार बिहान ३ बजे ललितपुरस्थित स्टार हस्पिटलमा निधन भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि आचार्यको शरीरमा अक्सिजन लेभल घट्दै गएको थियो। त्यहीकारण उनको निधन भएको हो । वृद्ध उमेर पनि पनी पेशामा सक्रिय भएर बिरामी उपचार गरिरहेका थिए। उनका छोरा सतिशलाल आचार्य नेपालसहित विदेशी मुलुकमा टेलिकम व्यवसायमा संलग्न रहेका छन्।
FACEBOOK COMMENTS