काठमाडौं, असोज २७ – पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै बीमा गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । कोरोना भाइरसको जोखिम बढेपछि सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्ने शुरु गरिएको बीमाको आकर्षण बढ्दो रहेको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलका अनुसार कोरोना बीमा गर्नेहरूको संख्या १४ लाख नाघेको जानकारी दिए । जसमध्ये हालसम्म ८ हजार ७ जनाको दाबी परेको छ । १ हजार १ सय दाबीको भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ ।
बीमा सतितिका अनुसार प्रिमियम संकलन गरेको ८३ करोड रहेको बीमक संघले जनाएको छ । बीमितलाई प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले दाबी भुक्तानी १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्नुपर्नेछ ।
पोलिसी परिवर्तन हुनुअघि साढे ३ अर्बको दायित्व सृजना भएको थियो, यस्तो रकममध्ये साढे १ अर्ब बीमा कम्पनीहरुले, १ अर्ब रुपैयाँ पुनर्बीमा कम्पनी र १ अर्ब रुपैयाँ बीमा समितिले व्यहोर्नुपर्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS