काठमाडौं, १४ वैशाख – मंगलबार नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै भन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका मानिस छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २० देखि २९ वर्ष उमेर समूका ११२६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका १११५ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै ४० देखि ४९ वर्ष उमेर समूहका ७९५ जना, ५० देखि ५९ वर्ष उमेर समूहका ५२५ जना, १० देखि १९ वर्ष उमेर समूहका २८२ जना र ६० देखि ६९ वर्ष उमेर समूहका २४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका १०३ जना, ० देखि ९ वर्ष उमेर समूहका १०२ जना, ८० देखि ८९ वर्ष उमेर समूहका ३३ जना र ९० देखि १०० वर्ष उमेर समूहका १ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार उमेर समूह पहिचान नभएका अन्य ४२ जनामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
FACEBOOK COMMENTS