ललितपुर, माघ २- क्यूबिडी फर्मास्यिूटिकल्सले आफ्नो उत्पादन बजारमा ल्याएको छ । बुधबार क्यूबिडी फर्मास्यिूटिकल्सको कर्पोरेट अफिस मानभवनमा औपचारिक रुपमा कम्पनीले उत्पादन गरेका औषधि बजारमा पठाएको हो ।
क्यूबिडी फर्मास्यिूटिकल्सले गुणस्तरलाई पहिलो प्राथमिकता दिएर औषधि उत्पादन सुरु गरेको बताएको छ । कार्यक्रममा बोल्दैं फर्मास्यिूटिकल्सका प्रवन्ध निर्देशक दीपक प्रधानले बुधबारबाट उत्पादित औषधि बिक्री बितरणका लागि बजारमा पठाएको जानकारी दिए ।
क्यूबिडीको औषधि उत्पादन गर्ने कम्पनी काभ्रेको बनेपामा रहेको कम्पनी छ । ५७ करोड रुपैयाको लागतमा स्थापना भएको क्यूबिडी फर्मास्यिूटिकल्सले २१ जनाको टीमले बजार व्यवस्थापनको काम सुरु गरेको र कम्पनीमा ३७ जना दक्ष जनशक्ति रहेको मार्केटिङ डाइरेक्टर ऋषिकेश भण्डारीले जानकारी दिए । भण्डारीले यो आर्थिक वर्ष भित्र २५ प्रकारका औषधि बजारमा पठाउने गरि काम अगाडि बढेको बताए ।
FACEBOOK COMMENTS