काठमाण्डौँ — खाद्य संस्थानले यो वर्ष दसैंका लागि खसिबोकाको मूल्य निर्धारण गरेको छ।
गत वर्ष भन्दा सामान्य मूल्य बढाएर नयाँ मुल्य तोकिएको छ।
यस्तै विक्री शुक्रबारदेखि सुरू गरेको छ।
संस्थानका अनुसार खसीबोका प्रतिकिलो ५ सयका दरले उपभोक्ताले पाउनेछन् भने च्याङ्ग्रा प्रतिकिलो ७०० पर्ने भएको छ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ।
संस्थानले आफ्नो कार्यालय परिसर थापाथलिबाट यो दसैंका लागि काठमाडौमा १ हजार गोटा खसी र १ हजार गोटा च्याङ्ग्रा बिक्री गर्ने तय गरेको छ।
संस्थानले च्याङ्ग्रा मुस्ताङबाट ल्याउने गरेको छ। खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गर्ने योजना बनाएकामा हेटौडाबाट मात्र ल्याउने गरेको छ।
FACEBOOK COMMENTS