![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ — सरकारले खाद्य संस्थानमा भएको आर्थिक अनियमितता तथा बेथिति छानबिन गर्न समिति गठन गरेको छ ।
खरिद बिक्री, ढुवानी, निर्माण, मर्मतलगायतमा अनियमितता भएको उजुरी परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो ।
कर्मचारीहरूको सरुवा, बढुवा, काज तथा कार्यसम्पादन मूल्यांकनमा पनि अनियमितता भएको उजुरीमा उल्लेख गरीएको मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए ।
समिति उपसचिव जनार्दन बडालको सयोंजकत्वमा गठन भएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS