काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारका इन्धनको मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले स्वचालिन मूल्य प्रणाली अनुरुप निगमले मूल्य वृद्धि गरेको जनाएको छ । जस अनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँका दरले बढाएको छ ।
यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७५४ कायम गरेको जनाएको छ । मूल्य समायोजनपश्चात् निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको दाबी छ ।
FACEBOOK COMMENTS