काठमाण्डौं — खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ।
खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो ।
मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदाय तथा क्षेत्रहरुको विवरण संकलन गरी त्यसको आधारमा नयाँ योजनाहरु बनाउने तयारी गरेको छ।
खानेपानी मन्त्री बिना मगरले यो विवरण संकलन गर्नुको उद्देश्य खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पुर्याउनु नै रहेको बताए ।
एक हप्ता भित्र विवरण पठाउन मन्त्रालयले देशै भरिका घर परिवार, सामाजिक संघ संस्था र स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
— नागरीक
FACEBOOK COMMENTS