काठमाडौं, जेठ ३० – काठमाडौं उपत्यकामा जेठ ३१ गतेपछि पनि एक साता निषेधाज्ञा थप गरिएको छ । यसअघिको निषेधाज्ञामा अवलम्बन गरिँदै आएको मोडालिटीलाई केही खुकुलो गरी निषेधाज्ञाको समय थप गरिए पनि बैंक तथा वित्तीय संस्था सञ्चालको मोडालिटी भने यसअघिकै कायम गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गर्दै वित्तीय संस्थाहरू सञ्चालन गर्न यसअघिकै मोडालिटी कायम गर्ने निर्णय गरेको हो ।
हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी खोल्न दिइएको छ । त्यस्तै खुला भएका शाखाहरूमा न्यूनतम जनशक्ति २० प्रतिशत मात्रै प्रयोग गर्न पाइने व्यवस्था छ ।
साथै बीमा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम २० प्रतिशत जनशक्ति मात्रै काममा खटाउने गरी काममा बोलाउन पाउने छन् । साथै सहकारी तथा रेमिट कम्पनीहरुको हकमा सातामा २ दिन आइतबार र बिहीबार मात्रै सञ्चालन हुने छन् ।
कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दै आएका छन् ।
FACEBOOK COMMENTS