-डिएन घिसिङ
बौद्धिकता प्रयोग गरी सिर्जित तथ्यलाई बौद्धिक सम्पत्ति भनिन्छ। ब्यक्ति वा संस्थाले निरन्तर खोज, अनुसन्धान र लगानी गरेर कुनै सुत्र वा सिद्धान्त, विधि वा तौर तरिका पत्ता लगाएको हुन्छ। यसरी प्रतिपादन गरिने ज्ञानबर्धक खुराक वा सामाग्रीलाई बौद्धिक सम्पत्तिको संज्ञा दिने गरिएको छ। खेलकुद गतिविधिलाई गतिशीलता दिन रचनात्मकता अनिवार्य रहेको हुन्छ। त्यसकारण खेलकुदका क्षेत्रमा गरिएको खोज वा सिर्जनाहरूले पर्दा पछाडि काम गरिरहेका हुन्छन् । संस्कृति भौगोलिकता,आधुनिकता, प्राचीनता जस्ता पक्षसँगको सारभूत अन्तरसम्बन्धको आयामहरुलाई केलाउदै सिद्धान्त प्रतिपादन गरिएको हुन्छ । जसमा रमार्इलोपन ,मौलिकता, प्रभावकारिता जस्ता कुरालाई प्राथमिकतामा राख्दै आफ्नो मौलिक विचार र सोच प्रयुक्त बुद्धिविलासिताको उपज संप्रेषण गरिन्छ । यस्तै बौद्धिक कृयाबाट धरमा नविन सिर्जना उजागर हुन्छ ।
“खेल कार्यमा बौद्धिक सम्पत्ति (आईपी) प्रमुख मेरुदण्ड हो। प्राविधिक ज्ञान बिना खेल गतिविधी असंभव रहन्छ नै । परिधिमा नियमन वा सूत्रधार हरेक खेलको पहिचान हो। जसले मौलिकता र आधुनिकता अनुरुप आ-आफ्नो खेलको परिचायक बोकेको हुन्छ । “
खेल कार्यमा बौद्धिक सम्पत्ति (आईपी) प्रमुख मेरुदण्ड हो। प्राविधिक ज्ञान बिना खेल गतिविधी असंभव रहन्छ नै । परिधिमा नियमन वा सूत्रधार हरेक खेलको पहिचान हो। जसले मौलिकता र आधुनिकता अनुरुप आ-आफ्नो खेलको परिचायक बोकेको हुन्छ । खेल सर्जकहरुले खेलमा प्रत्यक्ष र परोक्ष तबरले सहभागीता जनाउने वा संग्लग्न रहने हुदाँ भावनात्मक रुपमा मनोरञ्जन, सुखानुभुती वा दुस्खबोध गराएका हुन्छन्। आधुनिक खेल संचालकले खेलको बौद्धिक सम्पत्तिलाई उपकरण मार्फत परिणाममुखी बनाउन हैंसे गर्दछन् ।जसले सामाजिक र आर्थिक महत्व बोक्ने गरेको पाईन्छ ।
सन् १९७० को दशकमा अमेरिका स्थित हार्वड विश्वविद्यालयका खोजकर्ताहरुले तयार पारेको एक सोधले खेलकुद मनोरञ्जनको मात्र नभई समाजमा सांस्कृतिक र आर्थिक क्रान्तिको द्योतक रहने औल्याएको छ । अनुसन्धानले आधुनिकताको बढ्ेदो प्रभाव, देखासिकी र प्रविधीको विकासले खेल जगत्ले तिब्रतर गति लिदै नयाँ फड्को मार्ने औल्याएका थियो । उक्त सोधले बौद्धिक सम्पत्ति खुला आँखाले देख्न नसकिने हुँदा यसलाई अदृश्य सम्पत्तिको रुपमा रहने अर्थ्याएको पाईन्छ ।कुनै पनि व्यक्ति वा संस्थाले प्रतिपादन गरेको बौद्धिक सम्पत्ति दोस्रो पक्षले उपयोग गरेमा सो बापत रोयल्टी प्राप्त गर्नुपर्दछ ।बौद्धिक सम्पत्तिको अधिकारले खेल व्यवसायिकतामा उर्जा थप्ने हुदाँ खेल गतिविधीको विकास र अग्रताका लागि यसले टेवा दिन्छ ।अन्तर्रा्ष्ट्रिय खेल संस्थाले आफ्नो लगानीको प्रतिरक्षाका लागि सिर्जनात्मक वा आविष्कारको स्वामित्वको एकाधिकार कायम गर्ने वा त्यसको गैरकानुनी प्रयोगलाई रोक्ने उद्देश्यले सबन्धीत राज्य वा अन्तर्रा्ष्ट्रिय संजालको संबन्धित निकाय समक्ष आवश्यक कानुनी प्रक्रिया मार्फत सुरक्षणको प्रत्याभुत हासिल गर्न खोज्छ । बौद्धिक सम्पत्तिलाई सैद्धान्तिक रुपमा मूलतः दुई भागमा विभाजन गरिएको छ ।
“बौद्धिक सम्पत्ति खुला आँखाले देख्न नसकिने हुँदा यसलाई अदृश्य सम्पत्तिको रुपमा रहने अर्थ्याएको पाईन्छ ।कुनै पनि व्यक्ति वा संस्थाले प्रतिपादन गरेको बौद्धिक सम्पत्ति दोस्रो पक्षले उपयोग गरेमा सो बापत रोयल्टी प्राप्त गर्नुपर्दछ ।बौद्धिक सम्पत्तिको अधिकारले खेल व्यवसायिकतामा उर्जा थप्ने हुदाँ खेल गतिविधीको विकास र अग्रताका लागि यसले टेवा दिन्छ ।”
(क) प्रतिलिपी अधिकार – प्रतिलिपि अधिकार भनेको मूल कार्यको सिर्जनाकर्तालाई प्रदान गरिएको संरक्षणको प्रावधान हो । जसले नुतन क्षमता प्रदर्शन, बिक्री वा प्रयोग गर्ने कार्यमा अरूलाई समावेश गर्दैन।त्यसैले यो श्रष्टाले गरेको रचना वा अभिव्यक्तिको संरक्षण हो । त्यसमा रचना वा अभिव्यक्ति मौलिक रहन्छ । जसमा खेलको प्राविधिक रसार्वजनिक प्रदर्शन अधिकार प्रदत्त हुन्छ। प्रतिलिपि अधिकारले श्रष्टाको मूल कार्यहरू सुरक्षित गर्दछ । साहित्यिक कार्यहरू, कोरियोग्राफिक कार्यहरू, चित्रण, ग्राफिक कार्यहरू, ध्वनि रेकर्डिङहरू, कलात्मक कार्यहरू यसको दायरा भित्र पर्दछ । प्रतिलिपि अधिकार सुरक्षार्थ धारकसँग परिमार्जन, वितरण, प्रदर्शन, पुनःसिर्जना गर्ने विशेष अधिकारहरू निहित हुन्छ।
(क) स्वामित्व अधिकार – प्याटेन्ट राईट्स भनेको आविष्कारको एक सार्वभौम अधिकार प्राप्ति हो। प्याटेन्ट केवल अमूर्त अवधारणाहरू मात्र होर्इन। यसले दैनिक जीवनमा अमूल्य व्यावहारिक भूमिका पनि खेल्छ्। खेल गतिविधिमा अरुको अधिनस्थ रहेको स्वामित्वलाई प्रयोग गर्ने वा नगर्ने-नगराउने भन्नेमा प्याटेन्ट राईट्सको सवाल टड्कारो हुन्छ । किनकी यो कानुनी अधिकार निहितार्थ रहन्छ ।पहिचान वा चिन्हहरु संरक्षणको लागि ट्रेडमार्क अधिकार आदि औद्योगिक स्वामित्व सम्पत्ति अधिकार अन्तर्गत पर्दछ ।
आधुनिक खेल र बौद्धिक सम्पत्ति
बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ। नवीनता र रचनात्मकता खेल गतिविधिका मुख्य चलायमान संयन्त्र हुन्। खेलकुद क्षेत्रमा हुने आविष्कारकहरू र सिर्जनाकर्ताहरूले पर्दा पछाडि काम गरिरहेका हुन्छन् । खेलाडीहरूले प्रदर्शन गर्ने क्रममा प्राविधिक सीमा र नयाँ अवसरहरूको सिर्जना गरिने हुँदा खेलकुदमा रोमान्चकारीताको उदेश्य निहित हुन्छ । बौद्धिक सम्पत्ति (आइपी) ले खेल जगतका निम्ति विशाल व्यापारिक अवसरहरु सिर्जना गर्दछ ।खेलकुदमा नियम बनाउने उद्देश्य निष्पक्ष प्रतिस्पर्धात्मक, मानव शरीरको क्षमता र कुनै पनि खेल प्रदर्शनको परिणाममा निष्पक्षता सुनिश्चित गर्ने र खेल प्रवर्द्धन गर्ने रहन्छ ।
खेल उद्योगमा सम्पत्ति मनिटाइजेशन
खेल सम्पत्तिमा मुद्रीकरण गर्न खेल उद्योग, दृष्टिकोण अनुबन्ध अधिकार,आईपी अधिकार र कम प्राविधिक भिन्नताको अधिकारहरूको अन्तरनिर्भरता सबैभन्दा महत्वपूर्ण पाटो मानिन्छ ।जतिबेला खेल गतिविधि वा प्रतियोगिताहरुको व्यापकता रहन्छ, यी अधिकारहरू पहिलो संरचना भित्र समाहित हुन्छन्, जसको हक टोली, लिग, प्रतियोगिता, खेल, संघ वा आयोजक समितिहरु मध्ये कसैन कसैको रहन सक्छ । यस प्रकारको अधिकारले प्रमुख खेल घटनाबाट हुने आयले पारम्परिक खेलहरूमा आयाम भर्दै योगदान पुर्याउँदछ। खेलकुदको सबैभन्दा भरपर्दो व्यवसाय मिडिया मार्इलेज हो । लक्षित वर्ग वा समुदायसम्म जब ब्राण्डको प्रभाव बढ्छ तब सामग्रीको माग बढ्ने गर्दछ । तसर्थ ब्राण्ड भ्यालु र ब्यापारको अधिकतम लाभको संभावनासँग खेल जगत जोडिएको हुन्छ।
FACEBOOK COMMENTS