डिएन घिसिङ
उर्जा वेगर शक्ति सदैव अपूर्ण रहन्छ । यस अर्थमा शक्ति उर्जाको परिपुरकका रुपमा रहेको हुन्छ ।शक्ति आन्तरिक रूपमा अपूर्ण रहन्छ, त्यसैले प्रकृयामा निरन्तरको ऊर्जाको खाँचो रहन्छ । शक्ति र ऊर्जा खेल जीवनमा अति उपयोगी मानिन्छ । उर्जाशील गतिले जहिले पनि कुनै चीजको विरूद्ध कदम चाल्दछ, जबकि शक्ति कुनै पनि चीजको विरूद्धमा चलायमान हुँदैन।त्यसकारण गति र शक्ति एक आपसमा प्रतिद्धन्दि जस्तो देखिएतापनी दुवैको समानता मुलतःस्तर कायम गराउनु रहने हो ।पावर भर्सेज फोर्स पुस्तकमा लेखक डेबिट ह्वाकिन्सले उर्जा र शक्तिको अन्र्तसंबन्धलाई तार्किक रुपमा प्रस्तुत गरेका छन् । जसलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । पुस्तकमा उल्लेख भए अनुसार पावर आफैंमा पूर्ण हो र बलले कुनै माग गर्दैन। किनभने बलको एक लालसा प्रतिकार गर्नु रहन्छ। फोर्स अर्थात उर्जाले शक्ति विपरित कार्यगर्न प्रेरित गरिराखेको हुन्छ।साथसाथै उर्जाले आपूर्ति र समर्थन गर्दछ।
“उर्जाशील गतिले जहिले पनि कुनै चीजको विरूद्ध कदम चाल्दछ, जबकि शक्ति कुनै पनि चीजको विरूद्धमा चलायमान हुँदैन।त्यसकारण गति र शक्ति एक आपसमा प्रतिद्धन्दि जस्तो देखिएतापनी दुवैको समानता मुलतःस्तर कायम गराउनु रहने हो ।”
खेलकुदमा कृयाशिल रहेका खेलाडी बलका सिद्धान्तहरूले टेक्निकहरू सिकाउन र प्रशिक्षण रणनीतिहरूको लाभ उठाउनको लागि मार्गनिर्देशन गर्दछ।जुन बलको विकासको आवश्यकता हुन्छ । पुशिङ्ग वा पुलिङ्ग अर्थात ठेल्नु र तान्नुमा व्यक्तिको बाहिरी शारीरिक क्षमताको रुपमा बल रहेको हुन्छ। उदाहरणको लागी, पौडी खेल्ने मानिस अझ स्थिरतापूर्वक चल्छ जब स्थिर गतिमा र बलको सहज प्रयोगको निरन्तर रहन्छ। प्रयास अर्थात अपशिष्ट ऊर्जा हो।खेलाडीले आवश्यक लाइन बाहेक यसमा विचलन हुने संभावना कम रहन्छ। उदाहरणको लागी एक धावक जसले आफ्नो खुट्टाको बाहिरी भागहरुलाई लिएर बाहय शरीर थकान महसुस गर्दछ तब उसको उर्जाले अत्यधिक शक्ति ल्याउन मद्धत गरिराखेका हुन्छ । आत्म विश्वासबाट उर्जा पैदा हुने गर्दछ। जसका कारण र्इच्छा शक्ति प्राप्त हुन्छ । त्यसबाट शरीरमा उर्जा भएर निश्चित आकारको बेग उत्पन्न हुन्छ । जुन बलको प्रतिरक्षालाई टक्कर दिन सक्ने हुन्छ। उदाहरणको लागी, एक खेलाडीले मैदानमा गुडिरहेको फुटबललाई गोल पोस्टमा फ्याक्न जुन प्रयास गरिराखेको हुन्छ त्यहा बाधाहरुलाई पन्छाउन उर्जा र ब्यग्रताले साथ दिएको हुन्छ।शरीरको तौल पछाडिको खुट्टाबाट अगाडि सर्नको लागि मात्रै शक्ती अर्थात शरीरको शक्ति प्रयोग गरेको हुन्छ।
” प्रसिद्ध फुटबल कोच होमर राइसले भनेका छन “तपाईं डरबाट प्रभावित हुन सक्नुहुन्छ र इनामबाट प्रेरित हुन सक्नुहुन्छ। तर ती दुवै विधिहरू अस्थायी हुन। केवल चिरस्थायी चीज भनेको स्वयं प्रेरणा हो।”
आधुनिक खेलकुदमा खेलाडी शारीरिक क्षमतालाई पावर अर्थात शक्ति खेलका लागि समकालीन प्रशिक्षणमा र प्रस्तुति समावेश गर्नको लागी संचित गर्ने गर्दछ। खेलाडीको शारीरिक माग अनुसार मात्रै परिस्थिती तय हुने गर्दछ। यसको लागि बहुप्रशिक्षण रणनीति आवश्यक रहन्छ ।सामान्य प्रशिक्षण आवश्यकताहरू विशेष प्रशिक्षण चरणहरू अनुसार बनाइएको हुन्छ।खेलाडीको पूर्व व्यायाम मांसपेशी ,उच्च प्रदर्शन वा कम प्रदर्शन जस्ता कुराहरू चाही दैनिक कार्बोहाइड्रेट सेवन ,प्रशिक्षण र प्रतिस्पर्धा चरणहरूमा समय अनुकूल रहन्छ।प्रायः पावरले खेलकुद प्रतियोगिताको कार्यक्रमको माग गर्दछ, जसलाई मांसपेशी ग्लाइकोजेन रिजेन्थेसिस अनुकूलन गर्न आक्रामक पोषण रिकभरी रणनीति आवश्यक पर्दछ। विभिन्न पावर खेलको विभिन्न इष्टतम शरीर रचना र शरीरको वजन आवश्यकताहरु रहन्छ।
प्रसिद्ध फुटबल कोच होमर राइसले भनेका छन “तपाईं डरबाट प्रभावित हुन सक्नुहुन्छ र इनामबाट प्रेरित हुन सक्नुहुन्छ। तर ती दुवै विधिहरू अस्थायी हुन। केवल चिरस्थायी चीज भनेको स्वयं प्रेरणा हो।” सकारात्मक उर्जा खेलाडी जिबनमा सशक्त हतियार हो।खेलकुदमा खेलाडीले दीर्घ ,अवधि र प्रभावशाली प्रदर्शन गर्न उर्जाशिल इच्छा जगाउन अति आवश्यक रहन्छ। खेलाडीको प्रशिक्षण, इच्छित शारीरिक अनुकूलन, प्रतिस्पर्धा, र पोषण बीचको अनुशासित तालमेलले जित अर्थात सफलतातर्फ उन्मुख गराउन मार्ग प्रशस्त गर्दछ।
FACEBOOK COMMENTS