डिएन घिसिङ
मानिसमा हुने ‘इगो’लाई कसैले आघात पुर्यायो भने त्यसको बचाउ वा प्रतिक्रिया हो रिस। दुश्मनीको एक कडा भावना हो रिस ।रिस अर्थात क्रोध भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो।खेलकुदमा प्रशिक्षण वा प्रतियोगिताको दौरानमा चाहेको कुरा नपाउँदा, हानी नोक्सानी पुर्याउने खालको व्यवहार गर्दा, मनोबैज्ञानिक, शारीरिक,सामाजिक वा आर्थिक जुनसुकै पक्षमा खेलाडीलाई चित्त नबुझ्दो व्यवहार कसैले गर्यो भने भावनामा चोट पर्छ । र त्यस्ता चोटको प्रतिक्रियाको उपज रिस हुन आउँछ। खेलकुदमा समय ,परिस्थिति र गतिविधि अनुसार भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आर्इरहेका हुन्छन्। खेलाडीले भावनात्मक अवस्थालाई दिमागले निरन्तर संचालन गरिरहेको समयमा असंतुलन हुँदा आवेगको रुपमा रिस प्रस्फुटन हुने गर्दछ्। जुनसुकै परिस्थितिमा अविवेकीपन अपनाउदा फार्इदा भन्दा घाटा नै व्यहोर्नुपर्ने हुन्छ।रिसको दुई भाग हुन्छ।असन्तुष्टि र अर्को अस्वस्थताको रूपमा देखा पर्दछ।
‘खेलाडीले भावनात्मक अवस्थालाई दिमागले निरन्तर संचालन गरिरहेको समयमा असंतुलन हुँदा आवेगको रुपमा रिस प्रस्फुटन हुने गर्दछ्। जुनसुकै परिस्थितिमा अविवेकीपन अपनाउदा फार्इदा भन्दा घाटा नै व्यहोर्नुपर्ने हुन्छ।’
क० असन्तुष्टिमा खेलाडीले रिसको आवेग देखाउने गर्दछ।
खेलको परिणाम वा तयारी पुर्व खेल गतिविधिहरु अनुकुलतामा नरहने स्थितिमा यी खाले दृश्य देख्न सकिन्छ।सोचाई र परिस्थिति अनुकुलता नहुदा रिस पैदा हुने गर्दछ।रोचक कुरा चाहिँ असफलताको संदेशको रुपमा समेत लिन सकिन्छ।गिज्याएको, होच्याएको, खसालेको, हतोत्साही बनाएको महसुस हुँदा, अन्यायमा पर्दा, आर्थिक समस्या पर्दा, असफल हुँदा, समस्या निदानको कुनै उपाय नभेटाउँदा मान्छेलाई असन्तुष्टिले आक्रान्त पारेपछि रिस उठ्छ ।
ख० अस्वस्थतामा रिसको आवेग देख्न सकिन्छ।
शारीरिक वा मानसिक अस्वस्थताका कारण खेल गतिविधिमा सामेल हुँदा वा प्राप्त नतिजाको कारण पनि रिस पैदा हुने गर्दछ। रिस पैदा हुनुमा नोराड्रेनलिन नामक हार्मोनको शरीरमा तीव्र गतिमा सक्रिय हुनु हो ।यी रसायनहरू उत्पादन हुनेबित्तिकै मुटुको गति बढेपछि रक्तचाप उच्च हुन गई शरीरका मांसपेशी र मस्तिष्कमा रक्त प्रवाह पनि बढ्छ।अड्रेनलिन र नोराड्रेनलिन यस्ता हार्मोन अथवा न्युरोट्रान्समिटर हुन जसले शारीरिक, मानसिक तथा संवेगात्मक कुनै पनि तवरले खतरामा पर्यो भन्ने महसुस गर्र्यो भने उक्त खतरासँग जुध्न शरीरले सम्भाव्य सम्पूर्ण उपायहरू अपनाउन तयार हुने संदेश दिन्छ । जुन रिसको रूपमा बाहिर प्रस्फुटन हुने गर्दछ।
खेलाडी मनोविज्ञान र रिस
खेलकुदमा सहभागी रहेका ब्यक्ति मानसिक रूपमा पुर्ण सक्रिय हुन्छ । जसका कारण सार्वजनिक सरोकारमा सजक बनाउँछ। आधुनिक खेलकुदलाई नैतिक मुल्यमान्यतामा समावेश गरेर समेत हेर्ने गरेको छ। सामान्यतया खेलाडीको सोच, बिचार ,मानसिकता पारिवारिक , प्रशिक्षण अवधिमा, साथी संगतको परिणाम हो। सोचार्इमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतराजन्य अवस्था अनुभूती गरेको क्षणमा खेलाडीलाई रिस उठ्छ।रिसको अभिव्यक्ति हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ। आधुनिक खेलकुदमा नैतिक मुल्य मान्यतालाई अग्रपंक्तिमा राखेर हेर्ने गरिएको छ। जसकारण फरक क्रियाकलाप जस्तै तनाव, थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दुस्ख, कष्ट, अन्याय इत्यादि बाट उब्जिएका संकृण अनुभुतीलाई खेल भावनाले प्रेरित गरिराखेको हुन्छ।
रिस ब्याबस्थापन गर्ने तरिका
प्रतिकुलताका अवस्थामा रिस सृजना हुँदा नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। यहि परिस्थितिलाई उचित ब्यवस्थापन गर्न सकिएन भने नतिजा प्रतिकुल हुन पुग्छ।त्यसकारण पनि उल्लेखित अवस्थालाई मध्यनजर गरेर रिस ब्यवस्थापन गर्ने कुरा मनोविज्ञानमा आधारित हुन्छ।
सही तरिकाले रिसलाई अभिब्यक्त गर्ने हो भने रिस सामान्य र स्वास्थवर्धक हुन सक्छ।रिस ब्यवस्थापन गर्नुको अर्थ हामीले रिसलाई थामेर बस्नु अथवा लुकाएर बस्नु अथवा रिस त्याग्नु होर्इन। रिस ब्यवस्थापनले हामीलाई सुरुवाती अवस्थामै नैराष्यता चिन्न सक्ने क्षमता विकास गर्ने र त्यसलाई ब्यवस्थित गरेर आफ्नो विचार र आवश्यकताहरूलाई शान्त र नियन्त्रित तवरले अभिव्यक्त गर्न सिकाउँछ।
१. सबैभन्दा पहिले रिस किन र के कती कारणले उठ्यो भनेर अन्वेषण गर्ने र आफैँले आफैसँग कुरा गर्ने।
२.वास्तविकता के हो र के रहेछ भनेर बुझ्न कोशिस गर्ने ।
३.रिस उठ्दा हाम्रो शरिरमा के–कस्ता चेतावनी मुलक चिन्हहरू उत्पन्न हुने रहेछन भन्ने कुराप्रति सजग हुने।
४.चेतावनीमूलक लक्षणहरूलाई नियन्त्रणमा ल्याउनलाई उपयुक्त पाइलाहरू चाल्ने।
५. नकारात्मक सोचहरूलाई चिन्ने।
६.शान्त हुने प्रकृयाहरूस्रिसको शारिरिक अनुभुतिहरूमा ध्यान केन्द्रीत गर्ने,लामो–लामो श्वास लिने।
७. तनावपूर्ण स्थितिबाट टाढा बस्ने।ब्यायाम गर्ने।
८. आँखाले सुन्दर र रमणीय दृष्य देखेको स्मरण गर्ने,
९. कानमा कर्णप्रिय धुन बजेको स्मरण गर्ने।
१०. खेलाडीले प्रशिक्षकसँग परामर्श लिने।
“रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जसले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। प्राय: जसो परिस्थिति अनुसार रिस व्यक्त गर्नु स्वास्थवर्धक प्रतिकृया नै हुन सक्छ। ”
रिसको असरहरू
रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जसले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। प्राय: जसो परिस्थिति अनुसार रिस व्यक्त गर्नु स्वास्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यसले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ खेलमा ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
रिसाउनु नराम्रो मानिए पनि जीवको अस्तित्वको र्इतिहास हेर्ने हो भने रिस नै अथवा रिसालु प्रकृति नै आफ्नो अस्तित्व बचाइराख्न र आफू बाँच्न चाहिने श्रोत तथा साधनको रक्षा गर्नमा वरदान बनेको साबित हुदै आएको छ ।
FACEBOOK COMMENTS