काठमाडौं, भदौ २९ – फ्रेन्च लिग वानअन्तर्गत गएराति भएको पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेलीबीचको खेलको दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडीहरुबीच हात हालाहाल भएको छ ।
झगडामा उत्रिएका कारण दुवै टिमका गरी पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ।
जसमा लिग वानको साविक विजेता पीएसजीका नेइमारसहित तीन खेलाडीले रातो कार्ड पाए। नेइमारसँगै पीएसजीका कुर्जावा र पारेडेसले रातो कार्ड पाएका थिए।
यस्तै मार्सेलीका अमाभी र बनेडेटोले पनि रातो कार्ड पाए।
रातो कार्ड पाएर मैदान छाड्दै गर्दा ब्राजिलियन फरवार्ड नेइमारले फोर्थ अफिसियलमाथि जातीय टिप्पणी गरेको बताइएको छ।
नेइमारले मार्सेलीका अल्भारो गोन्जालेजलाई इन्जुरी टाइममा पञ्च हानेपछि झगडा सुरु भएको थियो। रेफ्रीले भारमार्फत रिप्ले हेर्दै नेइमारलाई सिधा रातो कार्ड देखाएका थिए।
पञ्च हानेपछि पनि नेइमारले गोन्जालेजलाई पछाडिबाट टाउकोले हानेको देखिएको थियो। त्यसपछि दुवै टिमका खेलाडी एकअर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए।
नेइमारको हर्कतपछि मार्सेलीका बनेडेटोलेले पीएसजीका पारेडेसलाई पछाडिबाट धकेलेका थिए। लगत्तै उनले पनि बनेडेटोलाई प्रहार गरेका थिए।
तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित मार्सीलेसंग १–० ले पराजित भएको छ ।
खेलको ३१ औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समय झडपमा परिणत भएको थियो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो ।
मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफुमाथि जातिय टिप्पणी गरिएको बताएका थिए ।
पीएसजीको घरेलु मैदानमा करिब ५ हजार दर्शक उपस्थित रहेका थिए । खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।
FACEBOOK COMMENTS