– डिएन घिसिङ
काठमाडौं, वैशाख २० – खेलकुदमा सकृय हुनका लागि प्रेरणाले निकै अर्थ बोकेको हुन्छ।प्रेरणा भनेको मानसिक प्रवृत्तिको सक्रियता जगाउनु हो।मुलतःप्रारम्भिक चरण अर्थात उदेश्य प्रवृत्त गराउन प्रेरणात्मक भुमिका मह्त्वपुर्ण हुन्छ।ब्यक्तिगत क्रियाकलापको प्रतिफलबाट उब्जेका उत्सुकतालाई उदेश्य पुर्तिका लागी अखण्डीत बनाई राख्ने प्रक्रिया पनि हो प्रेरणा।खेलाडीको प्रयासमा सफलता वा असफलता पनि यसैमा निहित रहन्छ।
प्रेरणाले कसरी काम गर्छ भन्ने बिषयमा अमेरिका स्थित न्युयोर्कबाट प्रकाशित भेरी वैल माइन्ड जर्नलमा प्रकाशित शोधले पुष्टि गरेको छ।स्तभकारद्वय केन्द्र चेरी र स्टेभन गेन्सको अनुसन्धानात्मक आलेखमा बाह्य र अन्तर्निहित प्रेरणाको बारेमा सबिस्तार बर्णन गरिएको पाईन्छ। सन २०२०को प्रारम्भमा तयार पारिएको सो सोधमा प्रेरणाबाट हुन सक्ने सम्भावित उपयोगी तर्कना प्रस्तुत गरिएको छ।शोधकर्ताहरुले पत्ता लगाए अनुसार प्रत्येक प्रकारको व्यक्तिको ब्यवहार र लक्ष्यहरूको खोजीमा फरकपना हुन्छ।मानव व्यवहारमा आन्तरिक र बाह्य प्रेरणाको प्रभावले परिवर्तन गर्न सघाउ मात्रै हैन उत्प्रेरित गरेर अपेक्षाकृत क्रियाकलापमा जोडबल गर्दछ।उक्त प्रकाशित सोधमा जुनसुकै करियर तय गर्नुपुर्व प्रेरणाले परिबर्तन गर्ने मनोबैज्ञानिक आधार समेत खुलाएको छ।
खेलाडीहरुले खेलमा अभ्यास वा प्रतिस्पर्धा गर्दा प्रेरणाले उल्लेखनीय भुमिका खेल्ने बिषयमा अन्तर्राष्ट्रिय सोधकर्ताहरुको एकमत रहेको छ। अमेरिका स्थित एसोसिएसन फर एप्लाइड स्पोर्ट्स साइकोलोजिको बिशेष बुलेटिनमा स्टेफनी हेच, डेनियल थॉमसेन र जेनिफर जे वाल्ड्रनको अनुसन्धानात्मक आलेखमा यस सम्बन्धमा दलिल पेश गरेको पाईन्छ।आमेरिकाको आयोवा विश्वविद्यालयद्वारा प्रकाशित सो जर्नलले खेलाडीको आन्तरिक र बाह्य प्रेरणाको कारण सफलता हासिलको दिशामा बल पुग्ने आधार बारे उल्लेख छ । सो जर्नलमा चेतनाको स्तरमा पुर्बज्ञान प्राप्त गरेर प्रेरणाले व्यवहारको सबै पक्षहरूलाई निर्धारित गर्ने, हामीले कसरी सोच्छौं, महसुस गर्छौं र अरूसँग अन्तर्क्रिया गर्छौ त्यसले पनि असर गर्ने भन्ने कुरा खुलाईएको छ भने खेलकुदमा उच्च प्रेरणा व्यापक रूपमा स्वीकार गर्ने खेलाडीको क्षमतालाई पूरा गर्नको लागि एक आवश्यक शर्तको रूपमा प्रेरणा महत्वपूर्ण सवाल रहने जिकिर गरिएको छ।
खेलकुदमा बिशिस्टता हासिल गर्न र चुनौतीपूर्ण यथार्थपरक अबस्थाको सामना गर्न प्रेरणाले अहम भुमिका खेल्दछ।प्रेरणा बास्तबमा चलायमान उर्जा पनि हो।प्रेरित खेलाडीले खेलमैदान होस वा तयारी अबस्थामा प्रत्येक प्रकारको प्रभाव र भिन्न स्थितिलाई संयम बनाउन प्रेरणाले सघाउ पुर्याउदछ ।खेलाडीको आन्तरिक र बाह्य प्रेरणाको विविधता बारे यसरी उल्लेख गरिएको छ।

क)आन्तरिक प्रेरणा

आन्तरिक रूपमा प्रेरित खेलाडीले विशेष गरी शुद्ध आनन्द र सन्तुष्टिका लागि खेलकुदमा सकृय हुने गर्दछ।सीप सुधार वृद्धिमा ध्यान केन्द्रित गर्दछ।आन्तरिक प्रेरणामा अनुभुतिका क्रियाकलापमा जोडबल गर्दछ।प्रयासमा दृढ़ सकल्प रहन्छ।सफलता वा असफलतामा स्वयंले निर्देशित गर्दछ।अझ स्पष्ट रूपमा भन्नू पर्दा यसो गरिनु स्वयंसिद्ध हुनु हो।

१)रुचिकर कार्यमा केन्द्रित
२)प्रयासको परिवर्तनमा स्थिर
३) न्यून व्याकुलता वा तनाव रहित
४)आत्म विश्वास
५)आत्म-प्रभावकारिता
६)पुर्ण सन्तुष्टि
ख)बाह्य प्रेरणा
बाह्य प्रेरणा सामाजिक क्रियाकलापबाट प्रतिक्रिया स्वरुप पैदा भएको हुन्छ।खेलकुदमा भौतिक पुरस्कार, उपहार र विशेष सुविधाजनक अबस्थामा खेलाडीलाई बाह्य प्रेरणा मिलेको हुन्छ।बाह्य उत्प्रेरित खेलाडीले प्रतिस्पर्धी वा प्रदर्शनको परिणाममा ध्यान केन्द्रित गर्दछ।
१)बाह्य पुरस्कारद्वारा व्यवहार नियन्त्रण
२) सजाय वा दोषबाट बच्नको लागि प्रयास रहन्छ
३)विफलतासँग सामना गर्ने पद्धतिमा जोड
४)प्रदर्सनको देखासिखी ध्यान केन्द्रित
५)रमाइलो बाताबरणमा उपलब्धि महसुस
६)मह्त्वकाङ्क्षी प्रभाव
अधिकांश खेलाडीको खेल प्रदर्शनले एक मानक प्राप्त गरेको हुन्छ। यसमा मनोबैज्ञानिक कारण रहन्छ। खेल सुदृढीकरणको लागी योग्यपना, गतिविधिमा रुचि र सहभागिता महत्वपूर्ण रहन्छ।खेलाडीले गर्ने प्रदर्शनको निरन्तरता र उपलब्धिले प्रेरणा दिलाउँदछ ।यसर्थ पनि खेलमा सहभागी हुने खेलाडीको लक्ष्य निर्धारण गरेर सफलता तर्फ उन्मुख गराउन प्रेरणालाई भावानात्मक प्रस्थान बिन्दु मानिएको छ।