काठमाडौं, जेठ ७ – गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५ जिल्लाका १९ जनाको उपचारका क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेशमा सवैभन्दा धेरै कास्कीमा ९ सहित १९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा कास्कीमा ९,पर्वत ३, तनहुँ ३,स्याङजा २ र नवलपरासी पूर्वमा २ जना रहेका छन् । कास्कीमा मृत्यु भएका ९ जनामध्ये पोखरा–५ का ९० वर्षीय पुरुष, पोखरा–१६ का ३४ वर्षीय पुरुष, पोखरा–१० का ५९ वर्षीय पुरुष, पोखरा–११ का ५८ वर्षीय पुरुष, पोखरा–१३ का ५९ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी पोखरा–३ की ६५ वर्षीय महिला, पोखरा–२७ की ४८ वर्षीय महिला, पोखरा–१७ की ९६ वर्षीय महिला, पोखरा–३३ का ८६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै पर्वतको मादी–४की ७० वर्षीय महिला, पर्वत कुश्मा–१ का ४५ वर्षीय पुरुष, पर्वत कुश्मा–६ का ५० वर्षीय पुरुष, नवलपरासी पूर्व कावोसोती–८का ६८ वर्षीय पुरुष, नवलपरासी पूर्व त्रिवेणी–४का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यसैगरी तनहुँको ब्यास–८ का ६८ वर्षीय पुरुष, ब्यास–६ का ६० वर्षीय पुरुष, शुक्लागण्डकी–४ का ६५ वर्षीय पुरुष,स्याङजा चापाकोट–७ की ६५ वर्षीय महिला, अर्जुन चौपारी–६ का ५२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ४९३ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS