काठमाण्डौँ — गण्डकी प्रदेश सरकारले पहिलो चरणमा १९० सामुदायिक होमस्टे सञ्चालनका लागि १०/१० लाख अनुदान सहयोग दिने भएको छ।
तीन सय गाउँमा होमस्टे (घरबास) सञ्चालन गर्ने नीति लिए अनुसार सहयोग दिने भएको हो।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे सञ्चालन कार्यविधि बनाएसँगै अनुदान दिन गरिएको सम्झौता पत्र सामुदायिक होमस्टे सञ्चालकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हस्तान्तरण गरे।
पहिलो चरणमा पूर्वाधार निमार्णका लागि अनुदान रकम ४० प्रतिशत सामुदायिक होमस्टेको खातामा रकम जम्मा गर्ने पर्यटन मत्रालयले जनाएको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS