काठमाडौं, फागुन ४ – गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित श्याम प्रसाद बस्यालले सोमबार गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीज्बाट पद तथा गोपिनियताको शपथ लिएका छन् ।
यस विकास बैंकको माघ ३० गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र श्री दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका छन् ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।
FACEBOOK COMMENTS