काठमाडौं,कार्तिक २९- चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गरिमा विकास बैंक लिमिटेडले १८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले गत वर्षको तुलनामा २१.१४ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष बैंकको खुद नाफा १५ करोड ५४ लाख रुपैयाँ थियो ।
प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ४६ करोड ४६ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० करोड २५ लाख रुपैयाँ रहेको थियो ।
बैंकले ३५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३३ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २५.१२ रुपैयाँ रहेको छ । बैंकको पीई अनुपात ८.६० प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.२२ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS