काठमाडौं,कार्तिक १७ – गरिमा विकास बैंकले सेयरधनीलाई १६.१५ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिको २३४ औं बैंठकले १६.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडी बढाएको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट १६.१५ प्रतिशत बोनस तथा त्यसमा लाग्ने करको लागि ०.८५ प्रतिशत नगद लाभाशं दिने भएको हो ।
अहिले गरिमा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रहेको छ । बोनस सेयर दिएपछि चुक्ता पूँजी ३ अर्ब २५ करोडभन्दा बढी हुने छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि मात्र सेयरधनीहरुलाई लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS