काठमाडौं, बैशाख १ – काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् ।
नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई यहीं रहन र कुनै समस्या परे महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
त्यसका लागि महानगरपालिकाको पैसा नलाग्ने (टोल फ्रि) नम्बर ११८० सम्पर्क गर्न उनको अनुरोध छ ।
‘केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् । यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
साथै, महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमूल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न महानगरले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS