गौरीफन्टा नाकाबाट मात्र एक सातामा १ हजार ३ सय ५ जना गए, भन्छन्– ‘ यहाँ के खाने रु मरे उतै मरौंला’
काठमाण्डौ, भदौ १८ — दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी रुकुमपश्चिम घर फर्के । ‘चैतदेखि घरको मानो खाएर बिनाकाम बस्नुपर्यो,’ २४ वर्षीय दिनेशले भने, ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए । म पनि उनीहरूसँगै मिसिएँ ।’
रोजगारीका लागि भारत जान धनगढीको गौरीफन्टा नाकामा मंगलबार लाम लागेका युवा । तस्बिर स् मोहन बुढाऐर रकान्तिपुर
स्याउ टिप्न भारत हिमाचलको सिमला पहाड हिँडेको दिनेशको समूहमा २३ जना छन् । लगभग उस्तै उमेरका उनीहरूमध्ये कोही सुर्खेत र नेपालगन्जमा काम र अध्ययन गरिरहेका थिए । कोहीले भने यसअघि पनि सिमलामा गएर काम गरेका थिए । ‘पाइरहेको काम पनि कोरोनाका कारण गुमाउनुपरेपछि स्याउ टिप्न सिमला जाँदै गरेका हौं,’ त्यही हूलमा रहेका २३ वर्षीय दीपक विकले भने । रुकुमबाट बस रिजर्भ गरेर धनगढी आइपुगेका उनीहरूलाई नाकाबाट सिमलासम्म लैजान भारतीय ‘एजेन्ट’ आएको दीपकले सुनाए ।
स्याउ टिप्न सिमला जानका लागि बर्दिया बढैयातालका १७ जनाको अर्को समूह पनि गौरीफन्टा नाकामा लामबद्ध भेटियो । उनीहरूमध्येका गम्भीरसिंह महतराले गाउँघरमा खाली बस्नुपरेकाले तीन महिनाका लागि सिमला जान लागेको बताए । त्यस समूहमा जया र वीरबहादुर भण्डारी दम्पती पनि छन् । पाँच वर्षीर्य बालक बोकेर २२ वर्षीया पूजा परियार पनि टोलीमा सामेल भएकी छन् । ‘श्रीमान् पहिल्यैदेखि सिमलामै हुनुहुन्छ, त्यही भएर म पनि हिँडेकी हुँ,’ पूजाले भनिन् ।
उक्त समूहमा रहेका गोपाल घर्तीका अनुसार नेपाली कामदारका लागि सिमलाबाट स्याउ बगानका साहुहरूले गाडीको पास बनाएर सीमा नाकासम्म पठाउने गरेका छन् । ‘कोरोनाको डर मान्दै घरमा हातखुट्टा बाँधेर बस्न सकिएन,’ २७ वर्षीय घर्तीले भने ।
भदौ सुरु भएसँगै नेपाली युवा भारत जाने क्रम सुरु भएको हो । सुदूरपश्चिममा महत्त्वपूर्ण मानिने ओल्के संक्रान्ति ९भदौ १० मनाएपछि युवा बाहिरिन थालेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै युवा नाकासम्म पुग्ने गरेका छन् । एक सातायता भारत जानेको लर्को बढेको त्रिनगर–गौरीफन्टा नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक ९सई० भूपाल थापाले बताए । उनका अनुसार कर्णालीका विभिन्न जिल्लासँगै, बाँके, बर्दिया, कैलाली र सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्याउ टिप्न भनेरै दिनहुँ सयौं जना भारत पसिरहेका छन् । गौरीफन्टा नाका भएर मंगलबार पनि ६ सयभन्दा बढी युवा भारत छिरे । बुधबार १ सय ८७ जना भारत लागे । ‘अन्य सहरमा काम खोज्न जानेको संख्या पनि पछिल्लो साता बढेको छ,’ सई थापाले भने, ‘अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ ।’
उनका अनुसार घर फर्कनेहरूले रोजगारी गुमाएर आउनु परेको र जानेहरूले रोजगारी खोज्न भन्ने गरेका छन् ।
गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टर राजेन्द्र कुँवरका अनुसार पछिल्लो एक सातामा १ हजार ३ सय ५ जना नेपाली भारत पसेका छन् । भदौ १ देखि १० सम्ममा भारत जानेको संख्या ८ सय ४४ थियो । नेपालीहरू ठूलो संख्यामा महाराष्ट्रको मुम्बई, गुजरातको सुरत र पञ्जाबका सहर पनि जाने गरेका छन् । कामका लागि भारत पस्ने केहीसँग रासन ९आधार० कार्ड छ, कसैसँग छैन । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका परिवार वा भारतीय कम्पनीले मजदुरका लागि पास पठाएकालाई मात्र प्रवेश गर्न दिएको छ । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर भारत पस्ने गरेका छन् । उनीहरूले आफूहरूलाई काम गर्न जाने ठाउँबाट गाडी बुकिङ गरेर नाकासम्म मगाएको बताएका छन् ।
कोरोना त्रासले गत जेठमा परिवारसहित घर आएका कैलालीको लम्कीचुहा नगरपालिका–२ बगौराका प्रेम सन्ज्याल फेरि सुरत फर्केका छन् । लामो समयदेखि भारतमा परिवारसहित बस्दै आएका उनीसँग उतैको रासन कार्ड छ ।
‘उता सम्पर्क गरी गाडी बुकिङ गरेर पठाउन लगाएका हौं,’ सन्ज्यालले भने, ‘यतै बसेर कसरी धान्ने रु’ उनकै हूलमा परिवारसहित सुरत जान लागेका लम्कीकै देवीराम खनाल पनि थिए । ‘कोरोनाको डरले घर फर्कियौं,’ उनले भने, ‘यहाँ के खाने रु काम केही पाइँदैन, आफैं केही गर्न सकिने अवस्था पनि छैन । मरे उतै मरौंला ।’
उनले वर्षौंदेखि भारतमा आधार कार्ड बनाएर परिवारसहित बसिरहेका आफूजस्तै धेरै परिवार कोरोनाका कारण नेपाल आए पनि यहाँ भोकले मर्ने डरले फर्कन लागेको बताए । गाउँमा बेरोजगार भएका गरिब परिवारका अरूलाई पनि उतै लगिरहेको उनले बताए । घरमा बालबच्चा भोकै मर्ने अवस्था आएपछि बाहिर निस्कनु परेको लम्कीकै भरत बिष्टले बताए । ‘परिवारलाई रोगको डर छैन,’ उनले भने, ‘परिवार कसरी पाल्ने चिन्ता मात्रै हुन्छ ।’
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS