काठमाडौं, पुस ९ – जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ को ५ महिनासम्मको अवधिमा जिल्ला ट्राफिक कार्यालय गुल्मीले गरेको सवारी कारवाहीमा २० लाख ५७ हजार राजस्व संकलन भएको हो ।
यो अवधिमा तीन हजार ५० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।
जसअनुसार साउन महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारबाहीमा २ लाख ७९ हजार ९ सय राजस्वर संकलन भएको छ ।
असोज महिनामा ६ सय सवारी कारबाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै काक्तिक महिनामा ७५० वटा सवारी कारबाहीमा ५ लाख १२ हजार राजस्व संकल भएको छ ।
मंसिर महिनामा ८ सय सवारी कारबाहीमा सबैभन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
FACEBOOK COMMENTS