काठमाण्डौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारका एक्सरे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध साढे १४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु श्रेष्ठले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ ।
२०७३ पुस २१ गतेको ३३ किलो सुन तस्करी घटनामा मुछिएपछि श्रेष्ठ निलम्बित छन् ।
९ करोड ६३ लाख रुपैयाँ वैध आर्जन गरेका श्रेष्ठले १९ करोड ७४ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
यसरी हेर्दा श्रेष्ठले १० करोड ११ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको देखिन्छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS