![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं– डेटम सिस्टम्सले बैकहरुका लागि गोएमल रिपोर्टिंग प्रशिक्षण सम्पन्न गरेको छ ।
बैकहरुका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि जोखिममा आधारित कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइमा रहेको गोएमल प्रणालीले तोकेको ढाचामा सूचक संस्थाहरु बैंक तथा वित्तीय संस्थाले दिनुपर्ने शङ्कास्पद कारोबार, कारोवार रकमका सीमा र शङ्कास्पद क्रियाकलाप प्रतिवेदनहरु इलेक्ट्रोनिक माध्यम बाट पठाउन आवश्यक ज्ञान, सीप र जानकारी प्रदान गर्न मिति २०७५ श्रावण १८ गतेका दिन गोएमल रिपोरटिंग विषयक तालिमको आयोजना गरेको छ ।
डेटम सिस्टम्स प्राइभेट लिमिटेड का प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले सहजिकरण गर्नुका साथै उक्त तालिममा ट्रस्टएमलका टिमलिडर डा. प्रमोद पराजुलीले एक्स्मल डेटाको तयारी तथा गोएमल रिपोरटिंग को सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरेका थिए ।
सो तालिममा प्रशिक्षणमा राष्ट्रिय वाणिज्य बैङ्क, सिटीजन्स् बैङ्क इन्टर्नेसनल, नेपाल बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, सेन्चुरी कमर्सियल बैंक लि र आसीएफसी फाइनान्स लिमिटेडका ३६ प्रतिनिधीहरुको सहभागिता थियो ।
FACEBOOK COMMENTS