काठमाडौं, मंसिर १६ – जिल्लाका चार स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण प्रक्रिया शुरु भएको छ । बारपाक सुलिकोट, अजिरकोट, शहीद लखन र चुमनुव्री गाउँपालिकामा सोमवार अस्पताल भवनको शिलन्यास गरिएको हो ।
बारपाक सुलीकोट गाउँपालिक– ४ हुडीफाँटमा र शहीद लखन गाउँपालिका– ५ ताक्लुङमा १५÷१५ शय्याको अस्पताल भवनको शिलान्यास भएको छ । शहीद लखन गाउँपालिकाको अस्पताल भवनको लागत १८ करोड रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा २ करोड ८ लाख रुपैयाँ विनियोजन भएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।
अजिरकोट र चुमनुव्री गाउँपालिका ५/५ शय्याको अस्पताल बन्ने भएका छन् । सात करोड लागतमा वडा नम्बर ३ सिर्दिवासमा अस्पताल बन्न लागेको चुमनुव्री गाउँपालिकाले जनाएको छ । त्यस्तै अजिरकोट गाउँपालिकाको वडा नम्वर ३ भच्चेकमा सात करोड लागतमै भवन बन्न लागेको हो ।
धार्चे, सिरानचोक, भीमसेन थापा र आरुघाट गाउँपालिकामा अस्पताल भवनको शिलन्यास हुन सकेन । जग्गा प्राप्ति नभएका कारण समस्या भएको स्थानीय तहहरुले जनाएका छन् ।
FACEBOOK COMMENTS