कार्तिक २३, काठमाडौँ – गोरखा नगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सोमबारबाट काक्तिक २८ गतेसम्म सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले बताए ।
नगरपालिकाका तीन जना कर्मचारीमा कोराना पोजिटिभ देखिएपछि अन्य कर्मचारीको पनि कोरोना परिक्षणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । नगरभित्रका शिक्षकहरुलाई समेत कोरोना देखिएकाले निजि तथा सामुदायिक विद्यालयको पठनपाठन वन्द गरिएको पन्तले बताए ।
FACEBOOK COMMENTS