काठमाण्डौं– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन्।
हालै भारत भ्रमणबाट फर्किएका मन्त्री अधिकारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको गाँठो फुकाउने प्रयास गरेको बताएका हुन् ।
ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई गएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुसँगको छलफलबाट उक्त रुटका बारेमा सहमति भएको जानकारी दिए।
भारत नेपाललाई थप हवाइ रूट दिन पनि सकरात्मक रहेको मन्त्री अधिकारीको भनाइ छ।
गत असारमा थप तीन हवाइ रुट दिन सहमति जनाए पनि भारतले पछि आनाकानी गर्दै आएको थियो। यद्यपी अहिले पनि तत्कालका लागि भैरहवामा मात्र रुट दिन भारत सकारात्मक भएको हो।
FACEBOOK COMMENTS