काठमाडौं, मंसिर २२ – नेपालले पौडीमा अर्को एउटा पदक थपेको छ । ४०० मिटरको फ्रीस्टाइलमा नेपालकी गौरिका सिंहले ४ मिनेट २५ सेकेण्ड २८ मिलिसेकेण्डमा पुरा गरी नेपालका लागि स्वर्ण जितेकी हुन् ।
भारतकी शिवानी शर्मा भने दोस्रो भइन् । उनले ४ मिनेट २६ सेकेण्ड र २२ मिलिसेकेण्डमा दुरी पार गरिन् । त्यस्तै ४ मिनेट ४१ सेकेण्ड र ९१ मिलिसेकेण्डको समय निकाल्दै श्रीलंकाकी रमुद्री निलारा तेस्रो भइन् ।
जारी सागमा तेस्रो स्वर्ण जित्दै गौरिका एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो महिला एथ्लिट बनेकी छिन् । उनले २०० मिटर फ्रीस्टाइल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छिन् ।
योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक संख्या ४४ पुगेको छ ।
FACEBOOK COMMENTS