काठमाडौँ, भाद्र २७ – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।
‘ग्यासका कारण बिहान ६ बजे भान्सा कोठामा विष्फोट भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।’
उनका अनुसार थप अनुसन्धान जारी छ ।
FACEBOOK COMMENTS