काठमाण्डौँ — ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेड प्रमुख कार्यकारी अधिकृत एन बि प्रधानले हस्ताक्षर गरे ।
सम्झौता पश्चात लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नगद रहित स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।
अस्पतालमा नगदरहित उपचार सेवालाई प्रबर्द्धन गर्न तथा स्वास्थ्य बीमाबारे सचेतना जगाउने उद्देश्यले सम्झौता गरेको अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS