काठमाण्डौँ — ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ माघ २२ गतेदेखि बिक्री खुला हुने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १८ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न लागेको हो ।
आवेदन फागुन ७ गतेसम्मका लागि खुला रहनेछ ।
कम्पनीले प्रभावित क्षेत्रको सेयरको लागि तीन वर्षको लकिङ पिरियड तोकेको छ । यो भनेको सेयर बाँडफाँट पछि तीनवर्षसम्म सो सेयर लगानीकर्ताले बिक्रि गर्न पाउने छैनन् ।
यस आइपिओको लागि हाइड्रोपावरको आयोजनास्थल, सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु ( सिंगटी, चरिकोट, जिरी, बैतेश्वर)बाट आवेदन दिन सकिनेछ ।
न्युनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले दोलखामा ४० मेगावाट क्षमताको खानीखोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
FACEBOOK COMMENTS