काठमाण्डौं– ग्लोबल आइएमई बैंकले नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा शाखा कार्यालयको बिस्तार गरेको छ ।
सांसद कृष्णचन्द्र नेपालीले औपचारिक उद्घाटन गरे ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताए ।
ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सनका उण्टर, १४ वटा राजश्व संकलनका काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
FACEBOOK COMMENTS