काठमाडौं, साउन १९ – ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा सुरु गरेको छ । यस नयाँ एटीएमसेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।
उक्त एटीएम सेवाको उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय दिपक खनाल र मनोज के।सी।ले संयुक्त रुपमा उद्घाटन गरे ।
बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
FACEBOOK COMMENTS