![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — ग्लोबल आइएमई बैंकले चितवनको कुमरोजमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
थप गरिएको शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३पुगेको छ ।
बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिकावडा नं.१२कुमरोजमा आफ्नो १०३औँशाखारहित बैंकिङ्गसेवा सुरु गरेको हो ।
कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखाअन्तर्गत रहने बताइएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले आफ्नो गाउँमै स्थानियप्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन्।
FACEBOOK COMMENTS