![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन् आउने १ करोड ४४ लाख ७ हजार ५ सयको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनको लागि ७ लाख ५८ हजार २ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुंजी ९ करोड ६० लाख रहेकोमा प्रस्तावित १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख पुग्ने छ ।
FACEBOOK COMMENTS