काठमाडौं-विश्वभर छरिएर रहेका गोरखालीहरुको छाता संस्था ग्लोबल गोरखा समाज “महिला विभाग” को आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भर्चुअल माध्यम मार्फत भव्यताका साथ सम्पन्न भएको छ। समाजकी सचिव तथा महिला विभाग संयोजक शकुन्तला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा पुर्व मन्त्रि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कमला पन्त, विशेष अतिथिहरुमा प्रदेश सभा सदस्य,गण्डकी प्रदेशका माननियद्वय मनकुमारी गुरुङ, धनमाया लामा, महिला सशक्तिकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगिता भट्टराई, आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराई, चेली नेपालकी अध्यक्ष सुनिता शर्मा र जिल्ला समन्वय समिति गोरखाकी ऊप- प्रमुख जानुका अधिकारी अतिथिहरुमा गोरखा नगरपालिका ऊप-प्रमुख बिना कुमारी श्रेष्ठ, पालुङगटार नगरपालिका ऊप-प्रमुख पम्फा बसेल, गण्डकी गाँऊपालिका ऊपाध्यक्ष ललिता अधिकारी , भिमसेन थापा गाँऊपालिका ऊपाध्यक्ष विनु वाग्ले लगाएत विभिन्न सामाजिक संघ,संस्थामा आबद्ध प्रवासी एव साहित्यकार सिता अर्याल साथै नगर/गाँऊपालिका ऊप-प्रमुख/ ऊपाध्यक्षहरु अतिथिका रुपमा कार्यक्रममा ऊपस्थित रहेका थिए ।
समाजका सदस्य समेत रहेकीकमला लम्साल काप्री सन्चालिका रहेको कार्यक्रममा प्रमुख अतिथि पन्तले शुरुवातिका दिन देखि आज सम्म महिला अधिकारका लागी अग्रजहरुले खेलेको भुमिका सहित आफु नेपाली राजनितिमा रहेर महिलाहरुको प्रतिनिधित्व गर्दै अग्रणी भुमीकामा रहेर महिला हक,अधिकार र काममा लागि पर्दै आएको बताईन । गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङले वर्तमान परिप्रेक्ष्यमा आफ्नो भुमिका र महिला हक,अधिकार र स्थानिय निकायमा भई रहेका महिला हिंसाको बारेमा प्रष्ट पारिन् । समाजकी सल्लाहकार तिल कुमारी गुरुङ लगाएत समाजकी ऊपाध्यक्षद्वय जानुका रेग्मी खनाल र रश्मी थापाले विचार राख्नुका साथै आगामी दिनमा संस्थाले विभिन्न क्षेत्रबाट महिला हक़,अधिकारका लागी काम गर्ने संस्थाहरुसंग समन्वयका साथै संस्थाको सहयोग रहने कुरा व्यक्त गरे ।
आफ्नो महत्वपुर्ण विचार राख्दै समाजका अध्यक्ष विनय अधिकारी,ऊपाध्यक्ष गोकर्ण प्रसाद ढकाल लगाएतले लामो समय सामाजिक क्षेत्रमा क्रियाशील रहेर महत्वपुर्ण काम गर्दै आफ्नो संस्थाको तर्फबाट कार्य प्रतिवेदन ऊत्कृष्ट राख्दै आएकामा सामाजिक संघ संस्थाको तर्फबाट आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराई, महिला शसक्तिकरण तथा परिवर्तनशील संस्थाकी अध्यक्ष संगिता भट्टराई लगाएत लाई धन्यवाद प्रकट गरेका थिए । समाजका कोषाध्यक्ष आकाश बन्जाराले नारी दिवस विशेष कार्यक्रम ग्लोबल गोरखा समाजको ऐतिहासिक कार्यक्रम हुनुको साथै गोरखाली दिदि बहिनीहरुले महिला,हक़, अधिकारका निमित्त हुने यस्ता कार्यक्रममा आफ्नो आर्थिक, नैतिक, भौतिक सहयोग सधै रहने विश्वास व्यक्त गरेका थिए ।
साथै १११औ नारी दिवसकै उपलक्ष्यमा प्रवासी गोरखाली महिलाहरुले गण्डकी गाँऊपालिका साबिकको ताङगलिचोक गाबिसका अत्यन्तै विपन्न परिवारका ३५ घर चेपाङग परिवारलाई आवश्यक लत्ताकपडा र खाद्यान्न स्थानिय निकायसंगको समन्वयमा छिट्टै सहयोग गर्ने घोषणा गरिएको व्यहोरा संस्थाका सचिव विराट खनालले जानकारी गराएका छन् ।
FACEBOOK COMMENTS