काठमाडौं – चाइनिज अटो निर्माता कम्पनी डोङफेङ सकोन को ग्लोरी ५८० मोडलको एसयूभी नेपाली बजारमा भित्रिएको छ ।
चीनको सरकारी कम्पनी डोङफेङ मोटर कर्पोरेसनको स्वामित्वमा रहेको डीएफएसके विश्व स्तरीय प्रविधि र सेवाका लागि लागि प्रसिद्ध रहेको छ ।
नेपाली बजारमा कुजु नेपाल प्रालिले यो गाडी उपलब्ध गराएको हो ।
डीएफएसकेको ग्लोरी ५८० मोडल एक कम्प्याक्ट एसयूभी हो । सात सिटे सो एसयूभीमा १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको छ, जसमा ६–स्पिड अटोमेटिक ट्रासमिसन रहेको छ ।
यसको इन्जिनले १४८ बीएचपी पावर तथा २२० एनएम टर्क उत्पादन गर्छ । यसमा १७ इन्चको एलोई ह्विल रहेको छ भने यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम छ ।
अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङ्गले यसलाई स्पोर्टी देखाएको छ । यसमा प्रोजेक्टरसहितको एलईडी डेटाइम रनिङ लाइट रहेको छ, जसलाई लायन आई–सेपमा डिजाइन गरिएको छ ।
ग्लोरी ५८० को इन्टेरियर आकर्षक रहेको छ । ड्युअल टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेनमेन्ट सिस्टमले क्याविनलाई लक्रियस बनाएको छ ।
चालकको आरामका लागि सिक्स–वे एड्जस्टेवल ड्राइभर सिट रहेको छ भने अगाडि प्यासेन्जरको सिट फोरवेमा एड्जस्ट गर्न सकिन्छ ।
ग्लोरी ५८० को नेपाली बजारमा लक्जरी भेरिएन्टमात्र उपलब्ध रहेको छ भने यसको मूल्य ६९ लाख ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS