केही बर्ष यता चङ्गाको व्यापार घट्ने क्रममा रहेको छ । विशेषत दशै तिहार जस्ता चाडबाडको समयमा उडाइने चङ्गाहरु क्रमस विस्थापित हुन थालेका छन् काठमाडौंमा खुल्ला स्थानको अभाव तथा मोवायल तथा इन्टरनेटको प्रयोग गरेरै बालबालिका रमाउन थालेका कारण चङ्गा उडाउनेको सङ्ख्या ह्वात्तै घटेको हो । यसरी प्रविधिको विकासका कारण संस्कृतीनै मासिने हो की भन्ने डर बढेको छ ।
धर्मिक सामाजिक मान्यताअनुसार दशै मिठो मसिनो खाने, नयाँलुगा लगाउने, पिङमा मच्चिने, चङ्गा उडाउने र मान्यजनबाट आशिर्वाद लिने पर्वको रुपमा मानिन्थ्यो । तर प्रविधिकै कारण चङ्गा तथा पिङ लोप हुँदै गएको छ । । सामाजिक सञ्जाल तथा अन्य विद्युतीय मनोरञ्जनका साधनमा बालबालिका रमाउन थालेकै कारण चङ्गाको व्यवसाय घटेको व्यवसायीको दावी छ ।
नेपालमा चङ्गा भारत तथा चीनलागायतका मुलुकबाट आयात हुने गरेको छ ।पहिले पहिले नेपाली हातेकागजबाट निर्माण हुने चङ्गा भन्दा अहिले निर्यात गरिएका चङ्गाहरु कमसल र बढी महङ्गो पर्ने गरेका छ ।
FACEBOOK COMMENTS