काठमाडौं, फागुन २८ – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४०० रुपैयाँले घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ नै घट्यो । मंगलबार प्रतितोला ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधबार ४०० रुपैयाँ घट्दै प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको छ ।
आज चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS