काठमाडौं, कार्तिक १७- तपाई घर वा जग्गा किन्ने सोचमा हुनुहुन्छ भने पहिलो पटक बैंकबाट ७० प्रतिशतसम्म ऋण निकाल्न सक्नुहुन्छ । पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।
नेपाल राष्ट्र बैैंकले नयाँ निर्देशन जारी गर्दै घर तथा अपार्टमेन्ट खरिद कर्ताहरुलाई कुल मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरेको हो । यस भन्दा पहिले काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यका बाहिर ६० प्रतिशत मात्रै ऋण पाइन्थ्यो ।
यस सुविधा लिनका लागि ऋणीले किन्ने घर व्यक्तिगत प्रयोजनका लागि हुनुपर्नेछ भने घर ३ हजार वर्गफिटको हुनुपर्नेछ । त्यसै गरी राष्ट्र बैैंकले जारी नयाँ निर्देशनमा घर खरिद गर्दा बीचमै ब्याज दर वृद्धि भएका खण्डमा मासिक किस्ता भने बढ्ने छैन् । बैंकहरुले ब्याजदर समायोजन गरेपनि किस्ता भने बढाउन पाउने छैनन् ।
पछिल्लो समय घर जग्गा व्यवसायमा व्यापक मन्दि आएपछि राष्ट्र बैंक केहि लचिलो बनेको हो ।
FACEBOOK COMMENTS