काठमाण्डौं– घलेम्दी हाइड्रो लिमिटेडले निश्कासन गरको साधारण शेयर (आइपीओ ) मा १४ करोड ५० लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेस हेड पवन रेग्मीका अनुसार दोस्रो दिन शुक्रबार सम्ममा १९ हजार ७ जनाले १४ लाख ५० हजार ३ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
यो तथ्याङकलाई शुक्रबार बेलुकासम्म खुल्ला गरिएको सवै कित्तामा आवेदन पर्ने देखिन्छ ।
कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो ।
अब १ लाख ६७ हजार ८७० कित्ता बाँकी छ ।
यस कम्पनीको आइपिओमा लगानी गर्ने इच्छुक लगानीकर्ताले पुष २३ गतेसम्म आवेदन दिन सक्ने छन ।
लगानीकर्ताले नजिको जुनसकै बैंकबाट सि आस्वामार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS