काठमाण्डौं– नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
नयाँ दिल्लीमा भएको साउथ एशिएन फोरम अफ इम्पोलयेस्लाई संबोधन गर्दै नेपालमा लागानी गर्न आब्हान गरेका हुन् ।
सभापति ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिक बीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताएका छन् ।
ढकालले नेपालका लगानीका मुख्य क्षेत्रहरु कृषि, पर्यटन, उर्जा, सेवा लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् ।
नेपाल सरकारले लगानी सम्मेलन गर्न लागेको र नेपालमा लगानीका थूप्रै सम्भावनाहरु रहेको स्मरण गराउँदै सभापति ढकालले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आमन्त्रण गरेका छन् ।
उनले नेपाल सरकारद्धारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकहरुको क्षमता अभिबृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवद्र्धनमा जोेड दिए ।
FACEBOOK COMMENTS