काठमाडौं, वैशाख ७ – चन्द्रागिरी हिल्स लिमिटेडेको सेयर मूल्य एकै दिन ९.५१ प्रतिशतले घटेको छ । कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेपछि मूल्य घट्न थालेको हो ।
हिजो सोमबार मात्रै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३६ रुपैयाँ घटेको छ । उक्त गिरावटसँगै कम्पनीको सेयर प्रतिकित्ता २१ सय ७३ रुपैयाँमा आइपुगेको छ ।
खासगरी, सोमबार सार्वजनिक भएको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ । विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनी १८ करोड ११ लाख रुपैयाँ घाटामा छ ।
यसअघि कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २७ सय ४० सम्म पुगेको थियो ।
FACEBOOK COMMENTS