अन्जनराज न्यौपाने
तनहुँ, ३० मंसिर -तनहुँ जिल्लाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय गन्तब्यका रुपमा परिचित वेदब्यासको जन्म भूमिलाई विश्व माँझ चिनाउने उदेश्यले विश्वका सनातन हिन्दुहरुको उदगम स्थलमा १०८ फिटको भगवान बेदब्यासजीको विराट मुर्ति निर्माण गरिने गुरुयोजना तयार भएता पनि बजेट ब्यबस्थापन हुन नसक्दा चर्चामै सिमित बन्न पुगेको छ। ४ वेद१८ पुराणका रचनाकारका रुपमा भगवान् बेद ब्यास नै हुन भनेर ऐतिहासिक ,पुरातात्त्विक महत्त्व झल्काउन लागि परेको बताउदै ब्यासका अध्येता काशीनाथ न्यौपानेले १०८ फिटको मुर्ति निर्माणका लागि ब्यास नगरपालिकाको सक्रियतामा ५० लाखको डिपिआर तयार भैसकेको बताए । भगवान वेदब्यासको मुर्ति स्थापना गर्न कुल ६२ करोड लाग्नेछु उनले भने। मुर्ति निर्माणका लागि कुल ३० हजार किलो तामा लाग्ने अनुमान छ। सुविधा सम्पन्न ,अत्याधुनिक सभा कक्ष, सन्त निवास, बटुक शिक्षालय आश्रम, अतिथि गृह , सवारीसाधन पार्किङको उचित ब्यबस्था, बगैंचा ,स्नानका लागि मानसरोबर आकारको ताल निर्माण ,बाचनालय ,भोजनालय , औंषधालय, ध्यान,योग प्राणायम् कक्ष, तपोस्थल निर्माण गरिने उदेश्य र लक्ष्य ब्यास क्षेत्र शिव विकास कोषले लिएको भएतापनि बजेट अभावका कारण ब्यास मुर्ति निर्माण र भौतिक पुर्वाधारका काम अघि बढन नसकेको कोषका सचिव ऋषिराम ढुङ्गानाले जानकारी दिए।
यस्तै, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य तुलशीशरण सिग्देलले मुर्ति निर्माणको लागि तेरो मेरो नभनी, आग्रह ,पुर्वाग्रह छाडेर विशुद्ध हिन्दुत्वको भावना लिएर सनातन हिन्दु धर्मका ओमकार परिवारका सम्प्रदाय सवै जुटनु अनिवार्य भएको बताए। ‘संबद्ध सबै पक्ष लागि परे जिल्लाका १० स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारको उच्च सहयोगको अपेक्षामा हामी जिल्लावासी छौ’ उनले भने। ब्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले मुर्ति निर्माण र यस क्षेत्रको पर्यटन प्रवर्द्धन र धार्मिक नगर बनाउने परियोजनालाई सफल र योजनामुखी बनाउन ब्यास क्षेत्र विकास कोष, बेदानुयायी प्रतिष्ठान नेपाल ,पराशर आश्रम संरक्षण समिति ,विश्व हिन्दु महासंघ, श्रीकृष्ण दैपायन, ब्यासनगरपालिका, जिल्ला समन्वय समिति,तनहुँ उद्योग बाणिज्य संघले विभिन्न समयमा पारिवारिक भूमिका निर्वाह गर्दै आएको जनाए।
ब्यास क्षेत्र विकास कोष समितिले यस क्षेत्रका संघिय सांसदहरू कृष्णकुमार श्रेष्ठ ,केदार सिग्देल ,कलिला खान, राष्टिय सभा सांसद प्रकाश पन्थ, र प्रदेश सभासद्हरु दोबाटे विक, रामबहादुर गुरुङ ,सरिता गुरुङ,आशा कोईराला लगायतका सांसद र स्थानीय सरकारले सहयोग गरे १०८ फिटको मुर्ति निर्माण ऐतिहासिक रुपले सफल हुनेमा आफू विश्वस्त रहेको कोषका अध्यक्ष श्रेष्ठले बताए ।
संसारभरका श्रद्धालु हिन्दु ,बौदिष्ठ,सिख र जैन धर्मावलम्बीहरुको आस्थाका धरोहर भगवान वेदब्यासको जन्म स्थान हेर्न भनी देश,विदेशका आन्तरिक एवम् बाह्य पर्यटकहरु सोध्दै खोज्दै आउने गरेको पाईन्छ। ब्यास जन्म भूमि उचित संरक्षण, सम्बर्द्धनको अभावका कारण ओझेलमा परेको स्थानियको बुझाई छ । उचित संरक्षणको अभाव र प्रचारप्रसारको कमी भएपछि ब्यास जन्म भूमि ओझेलमा परेको स्थानीय राजकुमार श्रेष्ठले गुनासो गरे । मुर्ति निर्माण स्थल नजिक प्राकृतिक सम्पदाले भरिपूर्ण भएको पवित्र तिर्थ स्थल वैदिक सनातन हिन्दु धर्मको उद्गम स्थल मानिन्छ। मादी र सेतीको स्वच्छ निलो पानीमा विभिन्न स्वदेशी तथा विदेशी पर्यटकहरुले गरेको जल विहार ,पौराणिक मान्यता शिलालेख, दुङ्गामा कुदिएका महाभारत र रामायणमा भएका गतिविधिहरु परापुर्वकालमा यस क्षेत्रका जुनैसुकै ठुलाढुङ्गाहरुमा भेटिने वेदको महामन्त्र भगवान श्री गणेशले लेखेका हुन भन्ने किम्वदन्ति रहेको छ। बुटाकुदेको विशाल ढुङ्गाहरु र सालिग्राम ब्यास क्षेत्रहरुमा प्रत्यक्ष देख्न सकिन्छ। ब्यास भगवानले ४ वेद१८ पुराण लेखेको पवित्र स्थल ब्यासगुफा जिल्लाको सदरमुकाम दमौलीबाट दक्षिणदिशा तर्फ पर्दछ भने चारै तिर हरियाली , अग्ला अग्ला पहाड, थरीथरीका विभिन्न चराचुरुङ्गीको आवाज ,सेती र मादीको संगम ब्यासगुफा सगै रहँदा आन्तरिक एवम् बाह्य पर्यटक प्राकृतिक दृश्य प्रति लोभिनुको अर्को विकल्पै छैन्।
यसैगरी , पराशर ऋषिको तपोभूमि भगवान् बेदब्यासको अवतरण स्थलबाट ठीक दक्षिण पारीपट्टी मानहुडाँडाको फेदी वेनीपाटनमा पर्दछ। प्रसिद्ध छाब्दीबराही देवीको मन्दिर ब्यासगुफा क्षेत्रबाट पुर्व दिशामा ७ किलोमिटर दुरीमा छ। धार्मिक एवम् पर्यटकीय महत्वको अमुल्य सम्पदा ब्यास भूमिको प्रबर्द्धनका लागि ऐतिहासिक ब्यास मुर्ति बनाउनु जरुरी भएको स्थानीयहरु बताउछन्।
FACEBOOK COMMENTS