चार्डवार्डको समय सवारी साधनको व्यापार बढ्ने हुनाले अटो बजारमा नयाँ नयाँ मोटर साईकल भित्राउने गरेका छन् ।
त्यसमध्ये पनि दसैँको अवसरमा नयाँ नयाँ सवारीसाधन आउने गरेका छन्। यसपालिको दसैँलाई लक्षित गरेर नेपालमा विभिन्न कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर ल्याउने भएका छन्।
हिरो
हिरोको नेपालको लागि आधिकारिक विक्रेता नेपाल जनरल माकेर्टिङ प्राइभेट लिमिटेडले ‘स्ट्रिम २०० आरु मोटरसाइकल ल्याउन लागेको छ। नेपालमा यसको मूल्य २ लाख ५० हजारको हाराहारीमा पर्ने सम्भावना छ।
२ सय सिसीको सिङ्गल सिलिन्डर एयर कुल्ड भएको यो मोटरसाइकलमा ५ गियर बक्स छ।
होन्डा
आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘एक्स ब्लेड’ ल्याउन लागेको हो।
एक्स ब्लेड १६२.७१ सिसी इन्जिन क्षमताको मोटरसाइकल हो। ५ गियरको यो मोटरसाइकलले ८ हजार ५ सय आरपिएममा १३.९३ उच्च शक्ति र ६००० आरपिएममा १३।९ एनएम उच्च टर्क उत्सर्जन गर्छ।
त्यस्तै स्याकारले गार्जिया स्कुटर पनि भित्र्याएको छ। यो १२४.९ सिसी इन्जिन क्षमताको स्कुटर हो। यसले ६ हजार ५ सय आरपिएममा ८।६३ पिएस उच्च शक्ति दिन्छ।
यामाहा
यामाहाले नाडा अटो शोमा ‘आर १५ भी ३’ सार्वजनिक गर्न लागेको छ। १५५ सिसी इन्जिन क्षमताको यो मोटरसाइकलमा ६ गियर ट्रान्समिसन रहेको छ।
फुल ट्याङ्क इन्धन क्षमता ११ लिटर रहेको यो मोटरसाइकलले माइलेज ३० किलोमिटर दिने कम्पनीले जनाएको छ।
टिभिएस
टिभिएसले अपाचे आरटिआर १६० फोरभी सार्वजनिक गरेको छ। १५९.७ सिसी इन्जिन क्षमताको यो मोटरसाइकलमा ५ स्पिड गियर रहेको छ। यसले ८००० आरपिएममा १६।८ पिएस पावर दिन्छ।
FACEBOOK COMMENTS