काठमाडौं, मंसिर २० – हैदराबादमा महिला डाक्टरमाथि बलात्कार गरेर हत्या गर्ने र उनको शव जलाउने चारैजना प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।
तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीले बताएअनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा ‘भिडन्तमा मृत्यु भएको हो ।
घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बीबीसी तेलुगूलाई बताएका छन् ।
त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ ।प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
२६ नोभेम्बरको राती ९ बजे भएको उक्त घटनामा महिला डाक्टरको स्कुटिको टायर पञ्चर गराएर आरोपीले सहयोग गर्ने वाहानामा महिलालाई एकान्तमा लगि बलत्कार गरेका थिए । चार जनाले पटक–पटक बलात्कार गरेपछि महिलाको हत्या गरेका थिए । घटना भएको दोस्रो दिन स्थानिय एक नदिको पुलमुनि गोप्य अंग पोलिएको अवस्थामा उक्त महिलाको शव भेटिएको थियो । पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो
FACEBOOK COMMENTS